काठमाडौं । सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन हुँदा उडान प्रभावित भएको हो । यसबाट सयौं यात्रु समस्यामा पर्नुपरेको छ ।
अध्यागमनको सर्भर डाउन हुँदा प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य केही घण्टादेखि प्रभावित भएको छ । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचलेर सेवा ठप्प भएको हो ।