काठमाडौं । पूर्वमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन भएको छ । पूर्वस्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. श्रेष्ठको असामयिक निधन भएको हो । उहाँको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि गहिरो दु:ख व्यक्त गर्नुभयो ।

उहाँले ट्विट गर्दै भन्नु भएको छ, ‘पूर्व स्वास्थ्य मन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुख व्यक्त गर्दछु। डा. श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

८८ वर्षीय श्रेष्ठको सोमबार उपचारका क्रममा बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो । उहाँ लामो समयदेखि दम र छातीको सङ्क्रमणले ग्रसित हुनुहुन्थ्यो ।

२०४६ मा प्रजातन्त्रको पुनर्बहालीपछि नागरिक समाजबाट उहाँ स्वास्थ्यमन्त्री बन्नु भएको थियो । उहाँका ६ छोरा र एक छोरी हुनुहुन्छ । उहाँको मङ्गलबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु