काठमाडौं । यही समाज हो, अनेकौं पचाउन नसकिने घटना भइरहेका हुन्छन् । बाहिर आउँदा सबैलाई अचम्म लाग्छ ।
एक युवा विवाहको मिति तय भएको दिन जन्ती लिएर वेहुली लिन गए । जब वेहुलीको घरमा जन्ती पुग्यो वेहुलीको घरमा ताला लागेको थियो ।
जन्तीले वेहुलीको नाम लिएर त्यहाँ छिमेकीलाई सोधे । छिमेकीले त्यो नामको युवती गाउँमा नभएको जवाफ दिए ।
त्यसपछि जे कुरा पत्ता लाग्यो वेहुलाको होस् उड्यो । यो घटना भारतमा भएको हो । भारत हरडाका एक व्यक्ति बिहीबार बिहान विवाह गर्न भोपालको कोलार क्षेत्रमा जन्ती लिएर गएका थिए ।
छिमेकीले युवती र उनका परिवारलाई चिन्दैनौं भने पछि वेहुलाले आफूलाई वेहुलीले दिएको नम्बरमा फोन गरे । त्यो फोन पनि अफ थियो । त्यसपछि वेहुलालाई कुनै गडबडी छ भन्ने शंका लाग्यो ।
उनले विवाह गराउने दलाल मार्फत युवतीसँग विवाह छिनेका थिए । कोही बेहुलीका बाबु बनेर आएका थिए, कोही आमा र दिदि–दाई बनेका थिए । पछि मात्र थाहा भयो की यी सबै नक्कली रहेछन् । जे गर्नु दाइजोले गर्यो । विषय झनै रोचक छ ।
उनले प्रहरीमा घटनाका बारेमा जानकारी दिएर उजुरी दिए । दुलहा र आफन्तहरू कोलार पुलिस स्टेशन पुग्दा त्यहाँ अरु तीन जना दुलहा थिए जो उही युवतीसँग विवाह गर्न पुगेका थिए ।
एउटै युवतीसंग विवाह गर्न ४ वेहुला पुगेको खबर प्रहरी कार्यालयमा पुगेपछि ती युवकहरुले थाहा पाए । त्यसपछि यी ठगिएका युवालाई जानकारी भयो की उनी माथि विवाहको नाममा ठगी भएको रहेछ ।
यस विषयमा सीएसपी भूपेन्द्र सिंहले भने हर्दाका बासिन्दाको उजुरीमा कोलार प्रहरी चौकीमा उजुरी दर्ता गरेर अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका क्रममा ४ जना वेहुला फेला परे । वेहुलीको भेषमा युवती र केही ब्यक्तिले गिरोहनै चलाएका रहेछन् ।
फोन नम्बरका आधारमा, तिनीहरूको ठेगानाहरू पत्ता लगाइयो र तीन जनालाई पक्राउ गरियो र पुलिस स्टेशनमा ल्याइयो। यसमा एक महिला र दुई पुरुष छन्। उसको ठगी गर्ने तरिका एकदम अचम्म लाग्दो थियो। यी व्यक्तिहरु गाउँमा जान्थे र लामो समयसम्म विवाह हुन नसकेका युवकका बारेमा पत्ता लगाउँथे । अनि विवाह गर्ने युवती देखाएर ठगी गर्थे ।
सीएसपी भूपेन्द्र सिंहले भने कि ती जिल्लाहरुमा पुगेकाहरुले विवाह गर्न चाहेका युवालाई युवतीको फोन नम्बर दिन्थे । विवाह गर्न युवती नपाएर ढिलो भएका युवाहरु यसरी उनीहरुको जालमा पर्थे । उनीहरुले युवती भेट्न चाहनेहरुलाई भाडामा लगेका युवती वेहुली हुन् भन्दै देखाइदिन्थे ।
त्यसरी भोपालवाट युवतीहरु वेहुलीका रुपमा लगिन्थे । एउटा युवतीलाई २०० देखि ५०० रुपैया दिएर केही बेरका लागि भाडामा लगिएका हुन्थे । जब युवकले विवाह गर्न युवती मन पराए भने युवकसँग २० हजार रुपैया लिन्थे ।
उनीहरुले म्यारिज ब्यूरोका नाममा समाजिक सञ्जालमा समेत प्रचार गर्थे । त्यहाँबाट जोडिने ग्राहकपनि यसरी नै ठगिन्थे । पैसा लिएपछि केहीलाई केटीले मानिन्, केटा पक्षका कोहीले मानेन् । मरिमराउ भएर जुठो पर्यो भनेर ठग्थे । मान्दै नमान्नेहरुलाई भने मोबाई अफ गरेर फरार हुन्थे । सचेतनाका लागि सबैमा साझा गर्न सक्नुहुन्छ ।