काठमाडौं । विनाशकारी बाढीबाट ब्राजिलमा ठूलो मानविय क्षति भएको छ । त्यहाँको साओ पाउलोमा बाढी र पहिरोका कारण कम्तीमा ३६ जनाको मृत्यु भएको हो ।

साओ पोलो प्रशासनले यस बारे जानकारी गरायो । बाहिर आएका भिडियोमा उक्त क्षेत्र पानीमा डुबेको र सवारी साधनहरु खसेको देख्न सकिन्छ ।

बाढीको पानीका कारण धेरै घर ध्वस्त भएको कुरा ब्राजिलबाट आएका भग्नावशेष तस्विरमा देख्न सकिन्छ ।

अधिकारीहरुका अनुसार सडक अवरुद्ध भएकाले उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रसम्म पुग्न कठिनाई भइरहेको छ । आइतबार धेरै ठाउँमा २३ इन्चभन्दा बढी वर्षा भयो । यो महिनामा हुने वर्षाको तुलनामा यो दोब्बर हो ।

साओ सेबास्टियोका मेयर फेलिप अगस्टोले भनेका छन्, ‘अवस्था निकै खराब छ । उद्धार टोली र राहतकर्ता धेरै ठाउँमा पुग्न सकेका छैनन् । अहिले क्षतिको यकिन आँकलन गर्न कठिन छ ।

दर्जनौं मानिस हराइरहेका छन् भने ५० भन्दा बढी घर ध्वस्त भएका छन् ।’ बाढीका कारण अझै धेरैको ज्यान जाने सम्भावना रहेको नागरिक सुरक्षा अधिकारी बताउँछन् ।

सम्बन्धित खबरहरु