काठमाडौं । नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिनु भएको छ । प्रधानमन्त्रीले लेख्नु भएको छ, ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जीत हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्वीप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

नेपालले रोहित पौडेलको धैर्यपूर्ण ब्याटिङ र सन्दीप लामिछानेको चोटिलो बलिङको सहयोगमा नेपालले आईसीसी विश्वकप लीग–२ त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेको हो । मङ्गलवारको खेलमा स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो । नेपालले ४४.१ ओभरमा लक्ष्य प्राप्त गर्दै दुई विकेटले खेल जित्यो ।

नेपाललाई विजय दिलाउन कप्तान पौडलले अविजित ९५ रन बनाए । उनलाई साथ दिएका अर्का खेलाडी करण केसीले ३१ रनको योगदान दिए । यो परिणामसँगै नेपालले त्रिकोणात्मक खेलका सबै चार खेल जितेको छ। नेपालले शृङ्खलाका चारवटै खेल जितेको यो पहिलो पटक हो ।

सम्बन्धित खबरहरु