काठमाडौं । राष्ट्रपति निर्वाचनबारे चर्चा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

अबको राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको हो । सत्ता घटक भए पनि राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमाले र माओवादी केन्द्रबीच सहमति जुट्न सकेको छैन् ।

एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने माग राखे पनि माओवादी केन्द्र साझा सहमति खोजिरहेको छ ।

अध्यक्ष प्रचण्डसहित माओवादी नेताहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको तर्क गर्दै आएका छन् । राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने कुरामा नेपाली कांग्रेस पनि जोड दिइरहेको छ ।

लोसपाले अध्यक्ष महन्थ ठाकुरलाई भावी राष्ट्रपतिको रुपमा प्रस्ताव गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

सम्बन्धित खबरहरु