
काठमाडौं । दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएकी छिन् । पश्चिम नवलपरासीको सुस्ता गाविसको हरकपुरामा दुई नाबालक छोरासहित गण्डक नहरमा हामफालेकी आमा मृत भेटिएकी हुन् । मंगलबार दुई छोरालाई एकसाथ चुन्नीले बाँधेर नहरमा हाम फोलेका तीन जना मृत भेटिएका हुन् ।
सुस्ता गाउँपालिका–२ सुकुम्वासी टोल निवासी २९ वर्षीया प्रतिमा थारुले ९ वर्षीय छोरा कृश र ७ वर्षीय सुमित थारु सहित गण्डक नहरमा हामफालेकी थिइन् । नहरमा बेपत्ता भएपछि प्रहरीले नहरको पानी बन्द गरेर खोजी गर्दा तीन जनालाई मृत अवस्थामा फेला पारेको हो ।
तीनै जनालाई मंगलबार बेलुकी फेला पारेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरीक्षक भोजराज पाण्डेले जानकारी गराउनुभयो । शवहरूको पोष्टमार्टम गरी घटनाको थप अनुसन्धान थालिएको छ ।