काठमाडौं । पोखरामा बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट बचेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उडिरहेको बेला बुद्ध एयरको जहाज चरासँग ठोक्किएको हो । जहाज विमानस्थलबाट उड्दै गर्दा चिलसँग ठोक्किएको थियो ।

सामाजिक सञ्जाल टिकटकमा ‘युवराज श्रेष्ठ’ ले यो भिडियो राखेका थिए, जुन अहिले हटाइएको छ । पोखरा विमानस्थलको नजिक चराको गतिविधि अत्यधिक हुन्छ । जसकारण उडान सुरक्षालाई नै चुनौती खडा भएको छ ।

तर अहिले अन्यत्र पनि सो भिडियो अपलोड गरेर भाइरल गराइएको छ । जहाज खस्नु भन्दा चिल खस्नु सन्तोषजनक कुरा भएको धेरैको बुझाई रहेको छ । यता, बुद्ध एयरका सूचना अधिकृत दिपेन्द्र कर्णले आफूले पनि भाइरल भिडियो देखेको बताए । यो घटनालाई गम्भीर रुपमा लिनु पर्ने उनको कुरा छ ।

तर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमलाई भने यसबारे कुनै जानकारी छैन् । भिडियो आफूले पनि हेरेको तर कहिले र कहाँको हो भन्नेबारे कुनै जानकारी नभएको गौतम बताउँछन् । उनका अनुसार पोखरा विमानस्थल नजिकै चराको गतिविधि देखिनु सामान्य कुरा हो ।

सम्बन्धित खबरहरु