काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता प्रेम सम्बन्धमा रहेको चर्चा सुरु भएको छ । आमाको भन्दा अलग बाटो रोजेकी उनी रेस्टुरेन्ट र होम अप्लायन्सेसको व्यापारमा संलग्न छिन् । उनलाई फिल्मभन्दा पनि व्यवसायतर्फ बढी रुचि छ ।

कविता मानन्धर अमेरिकामा पढेर पछिल्लो समय नेपालमै सक्रिय छिन् । छोरीलाई माया गरेर करिश्माले कबु भन्छिन् । कविताको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन भए पनि खास राम्रो व्यापार गर्न सफल भएन् ।

आमाका कारण मात्रै नभए उनी स्वंयम पनि चर्चामा रहने गर्छिन् । यतिबेला कविताको प्रेमको चर्चा सबैतिर छ । उनी व्यवसायी तथा मोडल प्रसन्न राईको प्रेमको परेको आंकलन धेरैको छ । यसको खुलासा स्वयं प्रसन्नले इन्स्टाग्रामबाट गरेका छन् ।

उनले केही सातायता कवितासँगका रोमान्टिक सेल्फी र स्टोरी पोस्ट गरेर प्रेम व्यक्त गरिरहेका हुन्छन् । दुवैजना सँगै घुमघाम र ह्याङआउट गरिरहेको छन् । रोमान्टिक मुडमा कवितालाई चुम्बन गर्दै प्रसन्नले ‘मेरो माया’ भन्दै लभहार्ट इमोजी पनि पोस्ट गरेका छन् । उनीहरुले विवाहबारे भने केही बोलेका छैनन् ।

सम्बन्धित खबरहरु