काठमाडौं । बाजुराको बिछ्या आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सुदूरपश्चिम प्रदेशको बाजुरामा आज दिउँसो भूकम्पको धक्का महसुस गरिएको हो । जिल्लाको बिछ्या केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको पाइएको छ ।
हिमाली जिल्ला हुम्लामा पनि भूकम्पको धक्का महसुस गरियो । दुई पटक भूकम्पको धक्का महसुस गरिएको स्थानीयले जानकारी गराए । प्रमुख जिल्ला अधिकारी श्रीमान पौडेलका अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा बिछ्यामा भूकम्प गएको हो ।
भूकम्पले क्षति पुर्याएबारे अहिलेसम्म कुनै जानकारी आउन सकेको छैन् । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो ।