काठमाडौं । उत्तर कोरियाले बिहीबार आफ्नो पूर्वी तटबाट चारवटा रणनीतिक क्रुज मिसाइल प्रक्षेपण गरेको जनाएको छ । बीबीसीका अनुसार उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमलाई शुक्रबार उद्धृत गर्दै भनिएको छ, ‘यो तनावपूर्ण वातावरणमा आणविक हमला भए बदला लिने अभ्यास हो ।’

हालसम्म दक्षिण कोरिया र जापानले यो प्रक्षेपणको बारेमा कुनै जानकारी दिएको छैनन् । उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएको छ । तर यो प्रतिबन्ध क्रुज मिसाइलहरूमा लागू हुँदैन ।

उत्तर कोरियाले यसअघि पनि पटकपटक मिसाइल प्रक्षेपण गर्दै आएको थियो । कहिले अमेरिका त कहिले दक्षिण कोरिया र जापानलाई धम्काउनका लागि भएपनि उत्तर कोरियाले यस प्रकारका कारबाही गर्दै आएको छ ।

सम्बन्धित खबरहरु