काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको निवेदनमाथि सुनुवाई सुरु भएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेले क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दिएको निवेदनमाथि सुनुवाइ भइरहेको हो ।

अदालतका अनुसार लामिछानेको निवदेनमाथि न्यायाधीश ईश्वर खतिवडाको इजलासमा सुनुवाइ जारी छ । लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय सिरिजका लागि विदेश जान नपाउने भएका छन् । खेलका लागि नेपाली टोली भोलि (शनिबार) युएई जाँदैछ ।

उक्त सिरिजका लागि आफू पनि युएई जान पाउनु पर्ने भन्दै सन्दीपले सर्वोच्चमा निवेदन दिएका थिए । सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो । अर्कोतिर उनीविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

सम्बन्धित खबरहरु