काठमाडौं । प्रचण्ड नेतृत्वको सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी बाहिरिएको छ । राप्रपा अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित सबै मन्त्रीहरुले राजीनामा दिएका हुन् । उनीहरुले शनिबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएका हुन् ।

शुक्रबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहित ८ दलको नयाँ गठबन्धन बनेपछि राप्रपाले प्रचण्डको साथ छोड्ने निर्णय गरेको थियो ।

तरअघि रास्वपा पनि सरकारबाट बाहिरिएको थियो । तर रास्वपाले समर्थन जारी राखेको छ । तर राप्रपाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।

राप्रपाबाट अध्यक्ष लिङ्देनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उपाध्यक्ष बिक्रम पाण्डेले शहरी विकास, नेता ध्रुवबहादुर प्रधानले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय हुनुहुन्थ्यो । अर्का नेता दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री हुनुहुन्थ्यो ।

सम्बन्धित खबरहरु