एजेन्सी । झुसे करेला स्वादका लागि मात्र नभइ स्वास्थका लागि पनि उत्तिकै उपायोगी हुन्छ ।

यसको तरकारीको सेवनले हाम्रो शरीरलाई अत्यन्तै फाइदा पुग्छ । यसलाई चट्टेलपनि भनिन्छ । चट्टेललाई धेरै शक्तिबर्द्धक तरकारी मानिन्छ । यसमा मासुको तुलनामा धेरै प्रोटिन हुन्छ ।

अर्थात यो प्रोटिनको भण्डार हो । चट्टेलमा पाइन फाइटोकेमिकल्स शरीरलाई स्वस्थ बनाउनुको साथै यसमा भएको एन्टिअक्सिडेन्डले रगत सफा राखेर छाला सम्बन्धी रोग हुन दिँदैन ।

रुघाखोकीबाट राहत प्रदान गर्नुको साथै रोक्न समेत सहयोग गर्छ । यति मात्र होइन क्यान्सर जस्तो प्राण घात रोगलाई रोक्न समेत सहयोग गर्छ ।

यसको सेवनले क्यान्सरको रोगीलाई समेत फाइदा पुग्छ । विभिन्न रोग, मुटु रोगको पनि रोकथाम गर्न सहयोग गर्छ ।

फाइबरको बढी मात्रा बढी भएकाले शरीरका लागि धेरै फाइदाजनक छ तौल र उच्च रक्तचापलाई नियन्त्रित गर्नेर् गुण पनि यसमा हुन्छ । यसमा प्रचुर मात्रामा आइरनसमेत पाइन्छ ।

सम्बन्धित खबरहरु