काठमाडौं । नाइजेरियामा सन् १९९९ मा सैन्य शासनको अन्त्यपछिको सबैभन्दा कठिन राष्ट्रपतीय निर्वाचनमा मतगणना चलिरहेको छ । यो निर्वाचनमा मतदानको प्रतिशत निकै राम्रो देखिएको अधिकारीहरुले जानकारी गराएका छन् । शनिबार पनि मतपेटिका लुट्ने र मतदान केन्द्रमा हतियारधारीले आक्रमण गरेको छिटपुट खबर आएका थिए ।

केही दलले चुनावमा अनियमितता भएको आरोपमा चिन्ता व्यक्त गरेका छन् । अफ्रिकामा ८ करोड ७० लाख मतदाता छन् । २४ वर्षअघि प्रजातन्त्रको पुनर्स्थापना भएदेखि अहिलेसम्म नाइजेरियाको राजनीतिमा दुईवटा पार्टीको वर्चस्व रहेको छ ।

यसमा सत्तारुढ अखिल प्रगतिशील कांग्रेस (एपीसी) र पीडीपी रहेका छन् । तर यस पटक राष्ट्रपति मुहम्मदु बुहारीलाई उत्तराधिकारीको दौडमा लेबर पार्टीका पिटर ओबीले कडा चुनौती दिएका छन् । उनलाई मन पराउने युवाहरुको संख्या उल्लेख्य मात्रामा पाइन्छ ।

हजारौं मतदान केन्द्रहरूमा मतगणना भइरहेको छ जुन अन्तत: राजधानी अबुजाको चुनाव मुख्यालयमा पठाइनेछ । सन् १९६० मा बेलायतबाट स्वतन्त्र भएदेखि नै नाइजेरियाले धेरै विद्रोह र धाँधली भएको चुनाव देख्यो । यी चुनावमा खतरनाक क्षेत्रीय र राजनीतिक मतभेदका कुराहरु आउने गरेका छन् ।

सम्बन्धित खबरहरु