काठमाडौं । एक कम्पनीले करिब २० लाख कोसोरी एयर फ्रायरहरू फिर्ता मगाएको छ । अमेरिकी उपभोक्ता उत्पादन सुरक्षा आयोगले आगलागी र जलेको रिपोर्टका कारण यो निर्णय लिइएको जानकारी गरायो ।

सिपिएससीले एयर फ्रायरमा तारका कारण समस्या भएको बताएको छ, जसले धेरै तातो र आगोको खतरा सिर्जना निम्त्याउन सक्छ । क्यानडामा २.५ लाख र मेक्सिकोबाट २१ हजार एयर फ्रायर फिर्ता मगाइएको हो । कोसोरीमा एयर फ्रायरमा आगो लाग्ने, जल्ने, पग्लने, धेरै तातो हुने र धुँवा निस्कने गरेको २५० उजुरी परेका छन् ।

यो एयर फ्रायरको मूल्य ७० अमेरिकी डलरदेखि १३ हजार अमेरिकी डलरसम्म पर्दछ । कम्पनीले भनेको छ, ‘गहिरो अनुसन्धान पछि, हामीले पत्ता लगायौं कि धेरै दुर्लभ अवस्थामा, समस्या रिकल एयर फ्रायर भित्र क्लोज–एन्ड–क्रिम्प कनेक्टरले गर्दा हुन्छ, जसले आगो निम्त्याउन सक्छ ।’ कोसोरी, भान्साका उपकरणहरूको लागि प्रसिद्ध कम्पनी, चीनको शेन्जेनमा अवस्थित वेसिङ्कको स्वामित्वमा छ ।

सम्बन्धित खबरहरु