काठमाडौं । नीम हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हुने गर्छ तर यसको तितो स्वादले गर्दा प्रायले यसको सेवन गर्न मनपराउदैनन् ।
यसको रस को सेवन गर्न सजिलो हुने हुदा, त्यहि रस सेवन गरेर नीममा पाइने धेरै गुणहरुको फाइदा लिन सकिने छ । यस्ता छन् नीमका फाइदाहरु:
१,० आँखा दुखेमा
नीमको कमलो पातको रस मनतातो पारेर जतापट्टिको आँखा दुखेको छ त्यसको अर्को पट्टिको कानमा ३-४ थोपा हाल्ने गरेमा आँखा दुखेको ठीक हुन्छ । दुबै आँखा दुखेमा दुबै कानमा हाल्ने । २० कपाल दुखेकोमा नीमको ताजा पातको रस निकालेर २-२ थोपा नाकमा हालेमा टाउका अनि कपाल दुखेको ठिक हुन्छ ।
३, ज्वरो आएमा
यदि शरीरमा मन्द ज्वरो सदा रहि रहन्छ र अन्य कुनै औषधिले पनि छोएन भने १ चम्चा निमको बोक्रा भित्रको छाला २ गिलास पानीमा पकाउनु होस्, आधा गिलास भए पछि बिहान खाली पेटमा नियमित खाने गर्नुस, जस्तो पुरानो जरो पनि केही हप्तामै ठीक हुन्छ ।
४, दाँतको रोगमा
नीमको फूलको काँढा पकाएर बिहान-बेलुका कुल्ला गर्ने गरेमा दाँत तथा गिजा सम्बन्धी रोगहरु निको हुन्छन ।
५, औलोको ज्वरोमा
नीमको बोक्रा, कुटकी, सुठो र मरिच सबै बराबर मिसाएर चूर्ण बनाउने । चौथाँइ चिया चम्चा मनतातो पानीसँग बिहान-बेलुका सेवन गरे औलाको ज्वरो पनि बिस्तारै निको हुँदै जान्छ ।
६, नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ ।
७, कान दुखेमा
नीमको पातको रस मनतातो पारेर कानमा ३-४ थोपा हाल्ने गरेमा कान दुखेको, पाकेको सबै रोग ठीक हुन्छ ।
८, रतन्धो भएमा
नीमको तेल आँखामा लगाउने र हरियो ८-१० पात खाली पेटमा ३ दिनसम्म खानाले ठीक हुँदै जान्छ ।
९, आँखा धमिलो र फूलोमा
नीमको फूलको गाजल गाइको घ्यूमा बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ ।
१०, दमको रोगमा
नीमको तेल १० थोपा सादापानमा हालेर बिहान-बेलुका खाने गरेमा दम ठीक हुन्छ ।
११, जुका परेमा
दालमा नीमको पातले झाँनेर खाने गरेमा पेटको जुकाहरु मर्द छन् अथवा १० थोपा नीमको तेल खाने गरेमा २-४ दिनमा नै पेटको जुका मर्ने छन् ।
१२, झाडा लागेमा
नीमको बोक्रा १ चम्चा, २ गिलास पानीमा पकाएर आधा गिलास बनाई छानेर दिनको तीन पटक खाएमा झाडा लागेको ठीक हुन्छ ।
१३, अपच, अरुची भएमा
नीमको पाकेको गेडा ४-५ वटा नियमित खाने गरेमा अपच, अरुची भएको कम हुदैं जान्छ ।
१४, डण्डीफोर
नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइन्छ, नीमको रसले चाया, डण्डीफोरआदिलाई नियन्त्रण गर्नुका साथै यसको नियमित प्रयोगले भविष्यमा समेत यसबाट मुक्ति दिलौदछ । नीमको जूस रसले अनुहार तथा शरीरको छालाको रंग निखार्नमा बिशेष भूमिका खेल्दछ ।
१५, छाला सम्बन्धि रोग:
यसको साथै छाला सम्बन्धि रोगहरु जस्तै एक्जिमा, स्मल पक्स आदिमा पनि नीमको जूस पिउनाले त्यस्ता रोगहरुलाई निर्मुल पर्दछ । नीम एउटा रगत शुद्ध पार्ने अचुक औषधि हो। यसले शरीरमा हुने खराब कोलेस्ट्रोल घटाउने तथा नष्ट गर्ने काम गर्दछ ।
१६, हृदयघात
यो नीमको जूस महिनामा १० दिन सेवन गर्ने हो भने यसले हृदयघातको सम्भाव्यतालाई समेत निर्मुल नै पारी दिन्छ । एजेन्सीको सहयोगमा