काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बोलाएको छ । परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जान नदिएपछि एमालेले सचिवालय बैठक डाकेको हो । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने जनाइएको छ ।

एमाले महासचिव शंकर पोखरेलले मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो निर्देशनमा रोकिएको विषयमा चर्चा गर्न बैठक बोलाइएको बताउनुभयो । बैठक ११ बजे पार्टी सचिवालयको बैठक बस्न लागेको हो ।

सम्बन्धित खबरहरु