काठमाडौं । प्रहरी भ्यानबाट हाम फालेर एक जना भागेका छन् । धनुषा, इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेको एकजना थुनुवा फरार भएका हुन् । जानकारी अनुसार जबरजस्ती करणी मुद्दाका राजबाबु मुखिया प्रहरी भ्यानबाट हाम फालेर भागेका छन् ।

जनकपुरधामस्थित जिल्ला अदालत धनुषामा म्याद थप गराई सबैलातर्फ फर्कने क्रममा उनी भागेका हुन् । सहीदनगर नगरपालिका–३, यदुकुहाबाट आइतबार साँझ ७ बजे फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी गरायो ।

फरार थुनुवा सबैला नगरपालिका–१३, किरतपुरका हुन् । थुनुवाको खोजी कार्य तीव्र पारिएको प्रहरी बताउँछ । केही साता पहिले धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएका थिए ।

सम्बन्धित खबरहरु