काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पटकपटक देशको प्रधानमन्त्री बन्नुभयो । तर उहाँकी पत्नी राधिका शाक्यले त्यसको कहिल्लै लाभ लिन खोज्नु भएन् ।

राजनीति भन्दा केही टाढा बसेर उहाँले नेपाली समाजमा एक छाप छोड्नु भएको छ । उहाँले अवसर पाएर पनि कहिल्लै कुनै लाभ लिने लोभ गर्नुभएन् ।

राजनीतिक रुपमा कम सक्रिय रहने शाक्य सामाजिक रुपमा भने धेरै सक्रिय हुनुहुन्छ । उहाँ विभिन्न कार्यक्रममा कहिले पति केपी ओलीसँग त कहिले एक्लै पुग्नुहुन्छ । यसबीच अहिले सामाजिक सञ्जालमा उहाँका केही तस्विर भाइरल भएका छन् ।

उहाँ नेपाल बालसंगठनको भक्तपुरस्थित बालगृहमा आश्रय लिइरहेका बालबालिकाहरूलाई विद्यालय पोशाक बाँड्न भनेर पुग्नु भएको हो । अहिले सामाजिक सञ्जालमा राधिका शाक्यले गरेको उक्त कामको तारिफ गर्दै धेरैले तस्विर साझा गरेका छन् ।

सम्बन्धित खबरहरु