काठमाडौं । सत्तारुढ जनमत पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ । सो पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफूहरु सरकारबाट नबाहिरिने स्पष्ट पार्नुभएको हो ।

मङ्गलबार काठमाडौंमा आयोजित विद्यार्थी सङ्घको केन्द्रीय बैठक तथा प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकार नछाड्ने बताउनुभयो । अध्यक्ष राउतले माओवादी केन्द्रकै नेतृत्वमा सरकार रहेकाले सरकार बदलिएको भन्न नमिल्ने तर्क गर्नुभयो ।

सरकारमा सामेल भएका दलहरु फेरिने भए पनि सरकार नफेरिने उहाँको भनाइ छ । अन्य दलहरु पद नपाएका कारण सरकार छोडेर गएको पनि उहाँले जानकारी गराउनुभयो । राउतले राष्ट्रपति रसभामुख एउटै पार्टीबाट हुन नहुने भन्दै कांग्रेसका रामचन्द्र पौडेललाई समर्थन गर्ने पनि स्पष्ट पार्नुभयो ।

सम्बन्धित खबरहरु