काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रपतिमा रामचन्द्र पौडेलका पक्षमा मतदान गर्ने भएको छ । एकीकृत समाजवादीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले यसबारे जानकारी गराउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग उहाँले आज ५१ औँ सचिवालय बैठक बसेको उल्लेख गर्नुभयो । आजको बैठकले एउटा मात्रै निर्णय गर्यो । उहाँले भन्नुभयो, ‘आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेका छौँ ।’

समाजवादीले आठ दलको साझा उम्मेदवार पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मतदान गर्ने निर्णय गरेको हो । पौडलसँग नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा हुनुहुन्छ । राष्ट्रपति चुनाव आउँदो फागुन २५ गते हुँदैछ ।

सम्बन्धित खबरहरु