विराटनगर । प्रदेश १ मा पहिचानको नाममा जातीय नाम राख्न अधिकांश सांसदहरु कम्मर कसेर लागेका थिए ।

राई समुदायबाट आएका सांसदहरु किरात प्रदेशको माग गरिरहेका थिए । लिम्बू समुदायबाट आएका सांसदहरु लिम्बूवान प्रदेशको माग गरिरहेका थिए ।

अरु बाहुल्य रहेका समुदायबाट आएका सांसदहरुलेपनि जातका आधारमा प्रदेशको माग गरिरहेका थिए । तर एकाएक प्रदेश १ को नाम कोशी राख्नेगरी सहमति अघि बढ्यो । सदनमा छलफल चलिरहेको छ । आजै पारित हुनेगरी कामकारबाही अघि बढेको छ ।

तर सरकारका स्वास्थयमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बू भने जातीय नाम राख्न नसकेको भन्दै धुरु–धुरु रुनुभयो । संसद बैठक हलको रोस्टममा उभिएर उहाँले बहुमतका आधारमा आफूलाई सती लगिएको आरोप लगाउनुभयो ।

प्रदेश १ प्रदेश सभामा प्रदेशको नामको विषयमा भएको छलफलमा उहाँले रुँदै आफू हाँसोको पात्र मात्रै भएको गुनासो गर्नुभयो ।

उहाँले प्रदेश नामको विषयमा सरकार मै भएको भएपनि आफूलाई थाहा नदिएको भन्दै दुखेसो पोख्नुभयो ।

उहाँले पहिचानका आधारमा प्रदेसको नाम राख्न नसकेकोमा आफू दुःखी भएको बताउनुभयो । उहाँले आफू सरकारमै भएपनि नाम राख्ने विषयमा आफूलाई जानकारी नै नदिइएको बताउनुभयो । सम्बोधनका क्रममा उहाँ निरन्तर सुँक्सुकाउनुभएको देखिन्थ्यो ।

सम्बन्धित खबरहरु