
काठमाडौं । चलचित्र निर्माता एवं निर्देशक निश्चल वस्नेतालाई लिएर आपत्तिजनक समाचार आएपछि अनलाइन खबरले माफी मागेको छ । अनलाइन खबरको पेजबाट ‘सुत्ने कोठामा क्यामेरा जडान गर्दा अभिनेत्री स्वस्तिमा खड्काको हट फुटेज बाहिरिएको’ शिर्षकमा एक लिंक साझा गरिएको थियो ।
भिडियो कमेन्टमा हेर्नु पनि भनिएको थियो । त्यसपछि बस्नेतले फेसबकमा थुक्क अनलाइनखबर भन्दै स्टाटस राखे । यो सब भैसकेपछि अनलाइन खबरले माफी माग्दै सोबारे स्पष्टीकरण दिएको हो ।
जारी बयानमा भनिएको छ, ‘अनलाइनखबरको फेसबुक पेजमा अनधिकृत रूपमा प्रवेश गरी केही व्यक्तिले आपत्तिजनक पोष्ट र फोटोहरु सेयर गरेको पाइएको हुँदा यसबाट पर्न गएको समस्याप्रति अनलाइनखबर क्षमायाचना गर्दछ । हाल थर्डपार्टी एक्सेस र त्यसमार्फत भएका पोष्टहरु हटाइसकिएको जानकारी गराउँदछौं ।’ अहिले बस्नेतले यो कुरा पोस्ट गर्दै पुरानो स्टाटस हटाएका छन् ।