काठमाडौं । नेकपा (एमाले) बाट राष्ट्रपति पदका उम्मेदवार एवं पार्टी उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुग्नुभएको छ । राष्ट्रपतिका उम्मेदवार रहनुभएका पूर्व सभामुख एवम् एमाले नेता नेम्वाङ वसुन्धरास्थित रास्वपा कार्यालय पुग्नु भएको हो ।
उहाँले रास्वपाका सभापति रवि लामछिानेसँग भेटघाट गर्नुभयो । नेम्वाङसहित एमाले नेता पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, नेतृ विद्या भट्टराई लगायत नेताले रास्वपाका नेताहरुसँग भेटघाटका लागि पुग्नु भएको थियो ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई ध्यानमा राखेर उहाँहरु भेटघाटमा जानु भएको हो । बिहीबार बिहान नेम्वाङले नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेर पार्टी अध्यक्ष माधवकुमार नेपालसँग भेट गर्नुभएको थियो ।