काठमाडौं । नेकपा एमालेसँगको गठबन्धनलाई लिएर प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ बयान दिनु भएको छ ।
उहाँका अनुसार पुस २६ गतेको प्रतिनिधि सभा बैठकमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन ठीक थियो भन्ने अभिमत जाहेर गरेपछि नयाँ विकल्प खोजेको बताउनुभयो ।
बिहीबार दिउँसो नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदको संयुक्त भेला गरिएको छ । सोही कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधि सभामा एमाले अध्यक्षद्वारा व्यक्त विचारले आफूलाई सोच्न बाध्य बनाएको जनाउनुभयो । वर्तमान गठबन्धन लोकतन्त्र र संविधानको हितमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।