काठमाडौं । नेपाली क्रिकेट टोलीलाई ठूलो सफलता मिलेको छ । नेपाल सन् २०२४ मा श्रीलंकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट भएको हो ।

युएईस्थित आजमान इडेन गार्डेन ओभल क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले आयोजक यूएईलाई सात रनले हराउँदै सो सफलता हात पारेको हो ।

युएईलाई हराउनै पर्ने फाइनल सरह अन्तिम खेलमा नेपालले रोमाञ्चक जित निकाल्दै दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ । यसअघि नेपालले सन् २०१६ को विश्वकप खेलेको थियो ।

जितका लागि नेपालले दिएको एक सय ९२ रनको लक्ष्य पछ्याएको युएई ४८ ओभरमा सवै विकेटको क्षतिमा एक सय ८४ रनमा समेटिएको थियो । प्रधानमन्त्री प्रचण्डले पनि नेपाली टिमलाई बधाई दिनु भएको छ ।

उहाँले भन्नु भएको छ, ‘श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै देशको गौरव बढाउन एवं नेपालको ख्याति विश्वस्तरमा चिनाउन नेपाली खेलाडीहरूले पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्दछु ।’

सम्बन्धित खबरहरु