काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भाइको निधन भएको छ । एकीकृत समाजवादीका नेता सरोजकुमार उपाध्यायको निधन भएको हो ।

उहाँ एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालका भाइ हुनुहुन्थ्यो । उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेको बताइएको छ ।

एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले दिएको जानकारी अनुसार तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको थियो । तर पछि अन्नपूर्ण अस्पताल लगिएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी गरायो ।

सम्बन्धित खबरहरु