काठमाडौं । आइतबार (आज) फाल्गुन शुक्ल पक्षको त्रयोदशी तिथि हो । दैनिक राशिफल अनुसार आजको दिन सबै राशिका लागि मिश्रित रहने छ । कतिपय राशिका व्यक्तिहरूले आज लाभ लिन सक्नेछन् भने केही राशिका व्यक्तिहरूलाई स्वास्थ्य क्षेत्रमा पनि तनाव आउने देखिन्छ ।

मेष : बौद्धिक सीपले गरेका काम सम्पन्न हुनेछन् । रचनात्मक कार्यमा सफलता मिल्नेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुनेछ।

वृष : पारिवारिक उत्सवमा सहभागिता हुने योग रहेको छ । आर्थिक पक्ष बलियो रहला । घरेलु उपभोग्य वस्तुमा वृद्धि हुनेछ । सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ ।

मिथुन : मित्रताको सम्बन्धमा मधुरता देखिन सक्छ । सासु–ससुराको सहयोग –ाइयला । व्यावसायिक प्रतिष्ठा बढ्ने योग रहेको छ । सन्तानको जिम्मेवारी पूरा हुनेछ ।

कर्कट : आर्थिक मामिलामा सुधार हुने देखिन्छ । प्रतिद्वन्द्वी पराजित हुनेछन् । सत्तारुढ प्रशासनबाट सहयोग मिल्नेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुने योग रहेको छ ।

सिंह
धन, मान, प्रतिष्ठामा वृद्धि हुनेछ । आफ्नो भावनालाई नियन्त्रण गर्नुहोस् । उपहार वा सम्मान बढ्नेछ । जीविकोपार्जनको क्षेत्रमा प्रगति होला ।

कन्या : विदेश यात्राको स्थिति सुखद रहने देखिन्छ । धन, मान, प्रतिष्ठामा वृद्धि हुनेछ । पारिवारिक जीवन सुखमय रहनेछ।

तुला : रचनात्मक प्रयास फलदायी हुने देखिएको छ । धन, मान, प्रतिष्ठामा वृद्धि होला । जीवन साथीको सहयोग भरपूर मिल्नेछ ।

वृश्चिक : आज महिला अधिकारीको सहयोग मिल्नेछ । व्यावसायिक प्रतिष्ठा बढ्ने योग रहेको छ । धन, मान, प्रतिष्ठामा वृद्धि हुनेछ ।

धनु : पारिवारिक जीवन सुखमय रहनेछ । आर्थिक पक्ष बलियो रहने देखिन्छ । घरेलु उपभोग्य वस्तुमा वृद्धि हुनेछ । विदेश यात्रा सम्भव छ ।

मकर : धन, प्रतिष्ठामा वृद्धि हुने योग देखिएको छ । विदेश यात्राको स्थिति सुखद रहनेछ । तर दाम्पत्य जीवनमा तनाव आउन सक्छ।

कुम्भ : शासन र शक्तिको सहयोग रहनेछ । धार्मिक झुकाव बढ्नेछ । उपहार वा सम्मान बढ्नेछ । कार्य सम्पन्न हुनाले आत्मविश्वास बढ्ला ।

मीन : सन्तानका कारण मनमा चिन्ता हुनसक्छ । अनावश्यक तनाव होला । आज, आर्थिक मामिलामा जोखिम नलिनुहोस् । जीविकोपार्जनको क्षेत्रमा प्रगति हुने योग रहेको छ ।

सम्बन्धित खबरहरु