काठमाडौं । चर्चित लोकगायिका भूमिका गिरी विवाह गर्न लागेकी छिन् । उनी प्रेमीसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनले सोमबार (भोलि) सल्यानका हिजन विष्टसँग विवाह गर्न लागेकी छन् ।
केही समयदेखिको प्रेम सम्बन्धलाई उनीहरुले विवाह बन्धनमा परिणत गर्न लागेका हुन् । सोमबार सल्यानमा वैवाहिक समारोह आयोजना गरिनेछ । सीमित आफन्त र साथीभाइबीच उनीहरुको विवाह हुँदैछ ।
विवाहअघि भूमिकाले शनिबार बेलुका लाजिम्पाटको सम्पदा गार्डेनमा ब्याचलरेट पार्टी आयोजना गरेकी थिइन् । सामाजिक सञ्जालमार्फत उनले यसबारे जानकारी गराएकी हुन् ।