रुपन्देही । रुपन्देहीमा झारफुकका नाममा भएको कुटपिटबाट घाइते भएकी एक बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालका अनुसार सैनामैना नगरपालिका–१० झिमझिमे बस्ने १४ वर्षीया बालिका सीता ज्ञवालीको झारफुकको क्रममा भएको कुटपिटबाट ज्यान गएको हो ।

कान दुखेर झारफुक गराउन परिवारका सदस्यले सीतालाई माता भनिने सोनिया रेश्मीकोमा लगेका थिए । तर सोनियाले झारफुक गर्ने भन्दै सीतालाई निर्मम कुटपिट गरेकी थिइन् । कुटपिटबाट घाइते भएकी सीताको अस्ति शनिवार राति ज्यान गएको र राति नै दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्दाको भिडियो तथा दाहसंस्कार गर्न लैजाँदा र फर्किँदाको सीसीटीभी फुटेजको आधारमा सोनियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु