काठमाडौं । अभिनेत्री शिल्पा शेट्टी प्राय: सोमबार सामाजिक सञ्जालमा ‘सोमबार मोटिभेसन’ साझा गर्छिन् ।

४७ वर्षीया अभिनेत्रीको फिटनेस हेरेर सही उमेर अनुमान लगाउन गाह्रो हुन्छ । हालै उनले इन्स्टाग्राममा फ्यानहरुसँग एक भिडियो साझा गरिन्, जसमा उनी घरमै रमाइलो ढंगले कसरत गर्दैछिन् ।

भिडियोमा उनले पुष्पा फिल्मको ‘ऊ अन्टावा’ गीतमा कसरतसँगै डान्स पनि गरिरहेकी छिन् । यो भिडियो साझा गर्दै उनले लामो क्याप्सन पनि दिइन् । उनले लेखेकी छिन्, ‘तपाईंको मन्डे मोटिवेशनलाई केही गर्न मनपर्छ, केही उत्कृष्ट गीतहरूमा क्यालोरीहरू जलाउने भन्दा राम्रो कम्बो के हुन्छ । मेरो आजको दिनचर्या तल्लो शरीर लक्षित कार्डियो ड्रिल थियो ।’

अहिले सामाजिक सञ्जालमा शिल्पाको यो सोमबारको मोटिभेसनल भिडियोलाई फ्यानहरुले निकै रुचाएका छन् । यसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखे, ‘सुपर से भी उपर ।’ अर्कोले लेख्यो, ‘धेरै राम्रो म्याडम ।’

शिल्पाको कामको बारेमा कुरा गर्दा, उनी छिट्टै रोहित शेट्टीको फिल्म ‘इन्डियन पुलिस फोर्स’ मा विवेक ओबेरोय र सिद्धार्थ मल्होत्रासँग मुख्य भूमिकामा देखिनेछिन् । यस फिल्ममा शिल्पा शेट्टीले पहिलो पटक महिला प्रहरी अधिकारीको भूमिकामा देखिने बताइएको छ ।

सम्बन्धित खबरहरु