काठमाडौं । भर्खरै मात्र आमा बनेकी बलिउड अभिनेत्री बिपाशा बसु आजकाल मातृत्वको आनन्द लिइरहेकी छिन् ।

हालै अभिनेत्रीले आफ्नी छोरी देवीको एउटा भिडियो सामाजिक सञ्जालमा साझा गरेकी थिइन्, जसमा उनी देवीको हात खुट्टामा कास्ट गरिरहेको अवस्थामा देखिएकी छिन् ।

यस भिडियोमा बिपाशासँगै उनका पति करण सिंह ग्रोवर पनि छन् । भिडियोमा, देवी गुलाबी प्रिन्टेड टप र प्यान्टमा आमाको काँधमा सुतिरहेकी छिन् । सोही क्रममा भावना जसरा, देवीको हात खुट्टामा कास्ट गरिरहेकी छिन् । तर, भिडियोमा देवीको अनुहार भने देखिँदैन । भिडियो सार्वजनिक हुनेबित्तिकै फ्यानले निकै खु:शी व्यक्त गरेका छन् ।

भिडियोलाई फ्यानसँग शेयर गर्दै बिपाशाले लामो क्याप्सन पनि दिइन् । उनले लेखेकी छिन्, ‘देवी हाम्रो जीवनमा आशीर्वाद बनेर आइन्, अभिभावकको रूपमा हामी उनको बाल्यकालका सबै सुन्दर सम्झनाहरू यादगार बनाउन चाहन्छौं ।

उनको साना हात र औंलाहरूको अनुभूति हामी सधैं आनन्द लिन चाहन्छौं । यसका लागि भावना जसरालाई धेरै धेरै धन्यवाद, हामी सधैं यो गर्न सक्षम हुनेछौं । यो आमाबाबुले आफू र आफ्नो बच्चालाई दिन सक्ने सबैभन्दा राम्रो उपहार हो ।’

 

सम्बन्धित खबरहरु