२१ माघ, काठमाडौं । एमाओवादी नेतृत्वको १९ दलीय मोर्चाले एमाले अध्यक्ष केपी ओलीको मानसिक सन्तुलनबारे आशंका उत्पन्न भएको भन्दै स्वास्थ्य परीक्षणका लागि सरकारसँग माग गरेको छ ।

मोर्चाको बुधबार बसेको बैठकले १० अर्ब दिए एमाओवादी मोर्चाले आन्दोलन रोक्छ भनेर ओलीले दिएको अभिव्यक्तिको भत्सर्ना गरेको छ । मोर्चाले ओली शारीरिकरुपमा मात्रै नभई मानसिक रुपमा समेत असन्तुलित भएको गम्भीर आशंका उत्पन्न भएको भन्दै तत्काल उपचार व्यवस्था गर्न सरकारसँग माग गरेको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।

बैठकका निर्णय सार्वजनिक गर्दै मोर्चाद्वारा जारी विज्ञप्तिमा केपी ओलीबारे गम्भीर आरोप लगाउँदै भनिएको छ- ‘उहाँ शारीरिकरुपमा मात्रै नभई मानसिकरुपमा समेत असन्तुलन भएको गम्भीर आशंका उत्पन्न भएको हुनाले उहाँको शीघ्र उपचारको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्नुको साथै आवश्यक स्वास्थ्य परीक्षण पश्चात उहाँको स्वास्थ्य स्थिति सामान्य भएको प्रमाणित भएमा उहाँले उठाएको विषयमा उच्चस्तरीय छानविन आयोग गठन गरी यसको सत्य-तथ्य सार्वजनिक गर्नसमेत आजको यो बैठक माग गर्दछ ।’

कतिले तर्साउँछन्, हेरौँला, चाखौंला, रक्तपात हुन्छ, भीडन्त हुन्छ, त्यो पनि हेरौँला । तथाकथित जनयुद्ध हामीले देखेका हौँ, विभिन्न घटनाक्रम उनीहरूले मात्र देखेको होइन, हामी पनि यही धर्तीमा हेरिरहेकै छौं । हिजो लडाकू, सेना, महान् जनमुक्ति सेना, हतियार, व्यारेक, क्याम्प सबै हुँदा त टेरिएन भने अहिले अलि लामा नङ पालेको होला, त्यति न हो । यसै कुरासँग तर्सिएर संविधान नबनाउने आवश्यकता छैन ।  केपी

सम्बन्धित खबरहरु