काठमाडौं । आठ दलको बैठक बोलाइएको छ । सत्ता घटक ८ दलको बैठक बस्न लागेको हो । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलका नेताहरुको बैठक बस्दैछ । बैठक दिउँसो बस्न लागेको हो । जानकारी अनुसार पर्सि हुने राष्ट्रपति निर्वाचनको छलफल गर्न बैठक बस्न लागेको हो ।
आठ दलको कार्यदलका सदस्य अब्दुल खानका अनुसार राष्ट्रपति निर्वाचनको तयारीका लागि छलफल गर्न लागिएको हो । राष्ट्रपति निर्वाचनको मिति २५ फागुनका लागि तोकिएको छ । आठ दलले साझा उम्मेदवार कांग्रेस नेता रामचन्द्र पौडेललाई छन भने नेकपा एमालेले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।