काठमाडौं । फिल्म सुटिङमा घाइते भएका बलिउड अभिनेता अमिताभ बच्चनले आफ्ना फ्यान र शुभचिन्तकलाई धन्यवाद दिएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को सुटिङका क्रममा एक्शन दृश्य गर्दा घाइते भएको र त्यसपछि मुम्बई फर्किएको बताएका थिए ।
उनको करङमा चोट लागेको छ, जसका कारण उनलाई सास फेर्न र चल्न गाह्रो भइरहेको थियो । अब मंगलबार अमिताभ बच्चनले आफ्नो स्वास्थ्यको बारेमा नयाँ अपडेट दिँदै आराम गरिरहेको बताए । उनले ट्विट गर्दै फ्यानहरुलाई धन्यवाद दिँदै उनीहरुको प्रार्थनाले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको जानकारी गराएका हुन् ।