काठमाडौं । बिहेको सपना देखाएर शिक्षिकासँग यौन सम्बन्ध बनाएर एक जनाले अन्त्यमा धोका दिएका छन् ।

घटना भारतको हो । चन्दौसी कोतवाली क्षेत्रका एक युवक दिल्लीमा बस्छन्, निजी कम्पनीमा काम गर्छन् । उनको दिल्ली निवासी शिक्षिकासँग प्रेम सम्बन्ध थियो ।

शिक्षिकालाई विवाह गर्छु भन्ने झुठो सपना देखाएर ती युवकले लामो समयदेखि यौन सम्बन्ध बनाएको पाइएको छ । तर अहिले युवकले चुपचाप अर्कै केटीसँग बिहे गरेका छन् ।

प्रेमीले विवाह गरेको थाहा पाएपछि पीडित शिक्षिकाले चन्दौसी प्रहरी चौकी पुगेर प्रेमीमाथि विवाहको बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा उजुरी दिएकी छिन् ।

पीडित शिक्षिकाका अनुसार उनीहरु विगत आठ वर्षदेखि सम्बन्धमा थिए । उजुरी दिएर केटामाथि कारबाही गर्नुपर्ने उनको माग छ । उजुरी अनुसार दुवैको भेट दिल्लीमा भएको थियो । केही दिनपछि उनीहरुको भेट प्रेममा परिणत भयो । त्यसपछि युवकले आफ्नी प्रेमिकालाई विवाह गर्ने वाचा दिए । दुवैजना प्राय: मोबाइलमा कुरा गर्थे ।

प्रेम जोडीले धेरै पटक आफ्नो थरीथरीका तस्विर खिचाउँदै पोज पनि दिएको पाइयो । सोही क्रममा युवकले शिक्षिकासँग यौन सम्बन्ध पनि बनाए ।

चन्दौसीमा दुई पटक शिक्षिका युवकको घरमा पनि गएकी थिइन् । युवकका परिवारका सदस्यहरूले पनि उनलाई चिन्थे र दुवैको प्रेमबारे जानकार थिए । ती युवकले सन् २०२२ को डिसेम्बरमा अर्कै युवतीसँग विवाह गरेको बताइन्छ ।

२१ फेब्रुअरीमा शिक्षिकालाई सो कुरा थाहा भयो । त्यसपछि उनले आफ्नो प्रेमीसँग फोनमा कुरा गरिन् । त्यतिबेला युवकले बिहेको कुरालाई स्विकार गर्न मानेनन् । यसबीच आइतबार प्रेमिकाले कोतवाली चौकीमा विवाहको बहानामा आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लगाउँदै उजुरी दिइन् ।

शिक्षिकाका अनुसार उनी दोस्रो पटक युवकको घर पुग्दा आमाले २०२३ को जनवरीमा दुवैको विवाह गर्न लागेको कुरा जानकारी गराएको बताइन् । महिलाले आरोपित युवकविरुद्ध प्रहरी चौकीमा उजुरी दिएकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु