काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानले यूएईका क्रिकेटर रोहन मुस्तफालाई नेपालमा स्वागत गरेका छन् ।
नेपालका केही समर्थकले यूएईको मैदानमा भएको सन्दीपसँगको सामान्य टसललाई लिएर आलोचना गरिरहेका बेला सन्दीप आफैँले रोहनको स्वागत गरेका हुन् ।
उनले आफूहरू मैदानमा प्रतिस्पर्धी र मैदानबाहिर साथी भएको पनि खुलाएका छन् ।
मैदानमा प्रतिस्पर्धी हौँ र मैदानबाहिर साथी । रोहन मुस्तफालाई नेपालमा स्वागत छ । नेपालको बसाइ राम्रो रहोस्, तपाईं र तपाईंको टिमलाई शुभकामना ।
मलाई थाहा छ, तपाईंका समर्थकहरू फेरि देख्न पाउँदा एकदम खुसी हुनेछन्, उनले ट्वीटरमामा लेखेका छन् ।
Competitors on the field and friends off the field. Welcome to Nepal @rohanmustafa88. Wish you and your team a great stay here in our beautiful country Nepal. I know your fans would be really happy to see you here again.🙏 pic.twitter.com/am8PLTRJFs
— Sandeep Lamichhane (@Sandeep25) March 7, 2023