काठमाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा होलीको पूर्वसन्ध्यामा एक हिन्दू डाक्टरको हत्या भएको छ । डाक्टरको हत्या आफ्नै चालकले गरेको दाबी गरिएको छ ।

एसएसपी अमजद शेखका अनुसार डाक्टर धरमदेव राठीको आफ्नै ड्राइभर हनिफ लेघारीले हत्या गरेका हुन् । त्यसपछि उनी त्यहाँबाट भागेको बताएको छ । पाकिस्तानको गैर मुस्लिम क्षेत्रका सांसद ख्याल दास कोहिस्तानीले पनि यो हत्याको निन्दा गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘होलीको पूर्वसन्ध्यामा प्रसिद्ध हिन्दू डाक्टर धर्मदेव राठीको क्रूर हत्याको म भर्त्सना गर्दछु ।’ एसएसपी अमजद शेखले राठीका चालकले उनको हत्या गरेको पुष्टि गरेका छन् ।

आरोपीलाई पक्राउ गर्न प्रहरीले छापा मारेको छ । अर्कोतर्फ, डा राठीका भान्सा दिलीप ठाकुरलाई उद्धृत गर्दै डन न्यूजले घटनाअघि डाक्टर र चालकबीच झगडा भएको भनेको छ । चालक लेघारी खैरपुर मिर्सका बासिन्दा हुन् ।

उनी हिन्दु डाक्टरको निर्ममतापूर्वक हत्या गरी फरार रहेको पाइएको छ । यद्यपी हत्याको कारण भने खुल्न सकेको छैन । एसएसपीका अनुसार दुर्घटनाबाट कुक स्तब्ध छन्, उनलाई अस्पताल लगिएको छ । स्वास्थ्य विभागबाट अवकाश पाएका डा. राठीको परिवार अमेरिकामा बस्दै आएको छ ।

सम्बन्धित खबरहरु