काठमाडौं । पिउने पानी प्रदूषित भएपछि पूर्वी लण्डनका सयौं फ्ल्याटमा पिउने पानी अभाव भएको छ ।
ह्याक्नी विकको नवनिर्मित कम्प्लेक्सका बासिन्दाले दुई साताअघि पानीमा केमिकलको दुर्गन्ध आइरहेको गुनासो गरेका थिए । करिब एक हप्तापछि, पानी हाइड्रोकार्बनले दूषित भएको फेला पर्यो ।
त्यसपछि विक लेन डेभलपमेन्टले १,८०० फ्ल्याटलाई यो पानी अब पिउनका लागि सुरक्षित नभएको जानकारी गराएको थियो । दूषित पानीको असर त्यहाँका जनतामा पनि देखिन थालेको छ ।
एक स्थानीयले गरेको दावी अनुसार उनको बच्चाको शरीरमा पानीका कारण रातो दाग देखा देखिएको छ । अर्को एकजनाले आफ्नो बच्चालाई बान्ता लाग्ने गरेको कुरा उल्लेख गरेका छन् ।