काठमाडौं । गत हप्ता बलिउड अभिनेता शाहरुख खानको बंगला ‘मन्नत’ भित्र घुसपैठ गरेको आरोपमा दुई युवा समातिएका थिए ।
मुम्बई प्रहरीले प्रारम्भिक अनुसन्धानपछि ती दुई युवा शाहरुखको मेकअप रुममा करिब आठ घण्टासम्म लुकेको भनेको थियो । प्रहरीका अनुसार दुबै आरोपी शाहरुख खानलाई भेट्न उनको बंगलामा प्रवेश गरेका थिए ।
उनीहरु खानलाई मेकअप रुममा करिब आठ घण्टासम्म पर्खिरहेका थिए । उनीहरु बिहान करिब ३ बजे बंगलामा पसेका थिए भने १०:३० बजे पक्राउ परेका हुन् । प्रहरीका अनुसार दुवै युवक पर्खाल नाँघेर बंगलाभित्र प्रवेश गर्न सफल भएका थिए ।
अब दुबै युवकको पहिचान साहिल सलिम खान र राम सराफ कुशवाहाको रूपमा भएको छ ।सोधपुछका क्रममा ती युवकले उमेर २० र २२ वर्ष बताए । अहिले प्रहरीले दुवै युवालाई नियन्त्रणमा लिएर थप सोधपुछ गरिरहेको छ ।