काठमाडौं । समय समयमा अप्टिकल इल्युजनसँग सम्बन्धित तस्विरहरू सामाजिक सञ्जालमा भाइरल हुन्छन् ।

यस्ता केही अप्टिकल इल्युजन चित्रहरूले दिमाग खियाउँछन् । यी तस्विरहरूमा लुकेको रहस्य पत्ता लगाउन दिमागसँगै नजर पनि तगडा हुनुपर्छ ।

हालै यस्तै एउटा तस्विर सार्वजनिक भएको छ, जसले मानिसहरुलाई हैरान बनाएको छ । यो तस्विर भारतीय व्यवसायी हर्ष गोयन्काले सामाजिक सञ्जालमा साझा गरेका हुन्, जसमा धेरै घरबीच एउटा बिरालो लुकेको छ ।

बिरालो खोज्न हर्षले मानिसहरुलाई १० सेकेण्डको समय दिएका छन् । यी सबै घरहरूको डिजाइन अलि फरक छ, तर रंग एउटै छ । वास्तवमा यी तस्विरहरुबीच एउटा सानो बिरालो लुकेर बसेको छ ।

उक्त बिरालोलाई खुला आँखाले हेर्न गाह्रो हुन्छ । यदि तपाईंले यो तस्विरलाई ध्यानपूर्वक हेर्नुभयो भने, केही सेकेण्डमा बिरालो फेला पार्न सक्नुहुन्छ । यो तस्विर सामाजिक सञ्जाल प्लेटफर्ममा आरपीजी समूहका अध्यक्ष हर्ष गोयन्काले आफ्नो ट्विटर ह्यान्डलमार्फत साझा गरेका हुन् ।

तस्बिर साझा गर्दै क्याप्सनमा लेखिएको छ, ‘यदि तपाईं सतर्क हुनुहुन्छ भने, तपाईंले १० सेकेण्डमा बिरालो भेट्टाउनुहुनेछ ।’ तस्विर हेरेका प्रयोगकर्ताहरूले यो चुनौती पूरा गर्दै आ–आफ्नो जवाफ दिइरहेका छन् ।

सम्बन्धित खबरहरु