काठमाडौं । आज दुनियाँमा बुद्ध धर्म मान्नेहरूको संख्या धेरै छ । मनोरञ्जन क्षेत्रका धेरै चर्चित सेलिब्रेटीहरू र सुपरस्टारहरू बौद्ध धर्म अंगालेका छन् ।

जसमा धेरै हलिउड अभिनेता र अभिनेत्रीहरुको नाम पनि समावेश छ । तपाईंको मनपर्ने ‘आइरन म्यान’ रोबर्ट डाउनी जुनियरले पनि बौद्ध धर्ममा अंगालेका छन् ।

आज हामी तपाईलाई ती हलिउड सेलिब्रेटीहरुको बारेमा बताउन गइरहेका छौँ, जसले बुद्ध धर्म ग्रहण गरेका हुन् ।

एन्जेलिना जोली
सनातन धर्म ग्रहण गर्ने हलिउड सेलिब्रेटीहरूमा सबैभन्दा पहिलो नाम सुन्दरी अभिनेत्री एन्जेलिना जोलीको आउँछ । एन्जेलिनाले बौद्ध परम्परालाई अपनाएकी छिन् । उनी यो धर्मको शिक्षालाई पछ्याउँछिन् ।

ब्राड पिट
चर्चित हलिउड सुपरस्टार ब्राड पिट पनि बौद्ध परम्परालाई पछ्याउँछन् । उनी सो धर्मको अनुयायी बनेका छन् । एन्जेलिना जोली जस्तै उनले पनि बुद्ध धर्मको शिक्षालाई आफ्नो जीवनमा ग्रहण गरेका हुन् ।

रोबर्ट डाउनी जूनियर
‘आइरन म्यान’ बनेपछि विश्व प्रसिद्ध हलिउड स्टार रोबर्ट डाउनी जुनियरले पनि बौद्ध धर्म अपनाएका छन् । जन्मले रोबर्ट यहूदी, रोबर्टको बौद्ध र हिन्दू धर्ममा गहिरो आस्था छ । रोबर्ट योगलाई पनि खुलेर समर्थन गर्छन् ।

केट हडसन
हलिउड अभिनेत्री केट हडसनले पनि धेरै वर्षअघि बुद्धले बताएको बाटो पछ्याएको बताएकी थिइन् । केट हडसनकी आमा पहिले नै यस धर्मसँग सम्बन्धित थिइन्, त्यसैले सो कुराले छोरीलाई पनि असर गर्यो । केट हडसन प्राय: बौद्ध धर्मको कक्षामा उपस्थित हन्छिन् ।

रिचर्ड गेरे
हलिउड स्टार रिचर्ड गेरे बोधगयामा दलाई लामाको पाँच दिने अध्यापनमा सहभागी थिए । गैर मुख्य मञ्चमा बसेर दलाई लामाको प्रवचन सुनेका छन् । उनले एक अन्तर्वार्तामा आफू लामो समयदेखि बोधगया आउने गरेको बताएका थिए ।

यो धर्ममा आबद्ध भएपछि आफूमा धेरै सकारात्मक परिवर्तन आएको उनले स्वीकार गरेका छन् । उनले सन् १९७८ मा नै बुद्ध धर्ममा आबद्ध भएको घोषणा गरेका हुन् । उनी नेपाल आएदेखि बुद्ध धर्ममा लागेका थिए ।

स्टीवन सीगल
स्टीभन सीगललाई कसले पो चिन्दैन ? एक समय थियो जब उनले मार्शल आर्ट सिक्न जापानमा धेरै समय बिताएका थिए । त्यस समयमा उनी बुद्ध धर्मको नजिक आए र बौद्ध धर्म र एक्यूपंक्चरको अनुयायी बनेका हुन् । उनलाई तिब्बती लामाको अवतार पनि मानिन्छ ।

सम्बन्धित खबरहरु