काठमाडौं । भगवानको अपमान गरेको भन्दै भारतीय जनता पार्टी (भाजपा) को आलोचना गरिएको छ ।

भारतीय जनता पार्टीले मध्यप्रदेशको रतलाममा आयोजना गरेको बडी बिल्डिङ प्रतियोगिता स्थलमा कांग्रेस पदाधिकारीहरूले गंगाजल छर्केका हुन् ।

त्यस ठाउँमा महिला बडीबिल्डरले प्रतियोगिता हुँदा स्टेजमा भगवान हनुमानको तस्बिर अगाडि ‘पोज’ (प्रस्तुति) दिएका थिए । रतलाममा मार्च ४ र ५ मा १३ औं मिस्टर जुनियर बडी बिल्डिङ प्रतियोगिता आयोजना भएको थियो, जसमा महिला बडी बिल्डर्सले भगवान हनुमान जीको तस्बिर अगाडि प्रस्तुती दिएका हुन् ।

त्यसपछि कांग्रेसका स्थानीय नेताहरूले गंगा जल छर्केर घटनास्थलको शुद्धीकरणको लागि हनुमान चालिसा वाचन गरेका हुन् । जानकारी अनुसार भाजपाका मेयर प्रह्लाद पटेल आयोजक समितिमा हुँदा विधायक चेतन्या कश्यप संरक्षक छन् ।

घटनाको एक भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ, जसमा महिला बडीबिल्डरले पोज दिइरहेकी छिन् । त्यहाँका पूर्व मेयर एवं कांग्रेस नेता पारस सकलेचाले पटेल र कश्यपले अभद्रता देखाएको आरोप लगाएका थिए ।

जिल्ला युवा कांग्रेस कमिटीका अध्यक्ष मयंक जाटले भनेका छन्, ‘भगवान हनुमान जीले यसमा संलग्नलाई कारबाही गर्नेछन् ।’ जवाफमा भाजपा प्रवक्ता हितेश वाजपेयीले कांग्रेसले महिलाहरूलाई खेलकुदमा उत्कृष्ट देख्न नचाहेको आरोप लगाए ।

अर्कोतिर केही कार्यक्रम आयोजकहरूले कांग्रेस नेताहरूलाई कारबाही गर्न माग गर्दै प्रहरीसमक्ष निवेदन पनि दिएका छन् ।

आफ्नो भिडियो बयानमा, वाजपेयीले भनेका छन्, ‘कांग्रेसले महिलाहरूलाई कुस्ती, जिम्न्यास्टिक वा पौडी खेलेको देख्न सक्दैँन किनभने यो देख्दा उनीहरूमा सैतान जाग्छ । उनीहरु खेल मैदानमा महिलालाई फोहोर आँखाले हेर्छन् । के उनीहरुलाई लाज लाग्दैन ?’

सम्बन्धित खबरहरु