भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौनजन्य हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् ।

बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर उक्त भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा प्राप्त भएको थियो ।

प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ ।

 

सम्बन्धित खबरहरु