काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत जित्नैपर्ने पीएनजीविरुद्धको खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।

तेस्रो विकेटका रूपमा ज्ञानेन्द्र मल्ल ११ रन जोडेर आउट भएका हुन् । यसअघि कुशल मल्ल २ र कुशल भुर्तेल ४५ रनमा आउट भएका थिए ।

यो समाचार तयार पार्दासम्म ३१.२ ओभरमा नेपालले ३ विकेट गुमाएर १६९ रन जोडेको छ । अर्धशतकीय योगदान गरेर आशिफ शेख क्रिजमा छन् ।

शीर्ष ३ मा पर्दै सिधै विश्वकप क्वालिफायरमा पुग्न नेपाललाई योसहित बाँकी ४ वटै खेल जित्नुपर्ने दबाब छ । आशिफ शेखले २ छक्का र १० चौका सहित ९० रन बनाइसकेका छन् । आशिफ शेख चम्किरहँदा नेपालको बलियो उपस्थिती देख्न पाइएको छ ।

सम्बन्धित खबरहरु