काठमाडौं । बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका क्रममा एक जना प्रदेश सभा सदस्य लडेर घाइते हुनुभएको छ ।

मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने भोट खसालेर फर्किने क्रममा सिँडीमा लड्नुभएको हो । उहाँ के कारणले लड्नुभएको भन्ने खुलेको छैन।

उहाँको टाउकोमा चोट लागेको छ। घाइते सांसद न्यौपानेलाई उपचारका लागि नजिकैको सिभिल अस्पतालमा भर्ना गरिएको छ।

न्यौपाने सप्तरी– ४ (१) बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँ नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश सभा सदस्य बन्नुभएको हो । राष्ट्रपतिको चुनावका लागि नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ्ग र आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित खबरहरु