काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ।

रास्वपा कार्यालयमा बिहीबार बसेको पार्टी पदाधिकारी र संसदीय दलको बैठकले मतदान सकिनु दुई घन्टाअघि पौडेललाई मत दिने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

पार्टीले आधिकारिक रूपमा भने कसलाई मत दिने कुरा सार्वजनिक नगर्ने निर्णय भएको छ । सुटुक्क सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत हालौं, तर सार्वजानीक रुपमा कोही, केही नबोलौं निर्णय नै यही भएको छ, उहाँले भन्नुभयो ।

बैठकपछिसँग कुराकानी गर्दै रास्वपा उपसभापति तथा संसदीय दलका नेता डिपी अर्यालले पार्टीका सबै सांसदले एकै उम्मेदवारलाई मत दिने निर्णय गरेको तर आचार संहिताका कारण सार्वजनिक रूपमा भन्न नमिल्ने बताउनुभयो । रास्वपाका प्रतिनिधि सभामा १९ जना सांसद हुनुहुन्छ ।

सम्बन्धित खबरहरु