काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा जारी राष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले मतदान गर्नुभएको हो । एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुँदा कांग्रेसबाट रामचन्द्र पौडेल मैदानमा रहनुभएको छ ।

यसबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रामचन्द्र पौडेललाई मत दिने भएको छ । बैठकले लोकतन्त्रलाई बलियो बनाउने, व्यवस्थालाई रक्षा गर्ने र संविधानले परिकल्पना गरेको नेपाली समाज रुपान्तरण गर्न भूमिका निर्वाह गर्ने व्यक्तिलाई मत दिने भन्दै पौडेललाई मत दिने निर्णय गरेको हो ।

सम्बन्धित खबरहरु