कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका १० मा १३ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

प्रहरीले बलात्कार गरेको आरोपमा स्थानीय १६ र १७ वर्षका दुई किशोरलाई पक्राउ गरेको हो ।

घटना १७ गते रातिको भए पनि प्रहरीमा ढिलो गरी उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदिप चन्दले बताउनुभयो ।

बलात्कारको उजुरी प्रहरीमा हिजो मात्रै परेको थियो । त्यसैले आज पक्राउ गरिएको हो ।

मौखिक उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक चन्दले बताउनुभयो । उनीहरु विरुद्ध म्याद थप गरेर अनुसन्धान अघि बढिरहेको प्रहरीले बताएको छ । घटना ढिलो सार्वजनिक हुनुको कारण पनि प्रहरीले खोजिरहेको जनाएको छ ।

 

सम्बन्धित खबरहरु